Winamp windows Media Player Real Player QuickTime

सरकारी गाडी नियन्त्रणमा

२४ चैत
नेकपा माओवादीको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तीकारीले आज एउटा सरकारी गाडी नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएको छ । विदाको दिन चलाएको भन्दै शहिद स्मृति वहुमुखी क्याम्पस नजिकैबाट को १ झ ३३३ नम्वरको सरकारी गाडी नियन्त्रणमा लिईएको हो । सुनसरीका स्थानिय विकास अधिकारी राजेन्द्र पाण्डेले प्रयोग गर्ने गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रत्ननगरमा वुझाएको अनेरास्ववियू क्रान्तिकारीले जनाएको छ  । विदाको दिन सरकारी गाडी चलाउन प्रमुख जिल्ला अधिकारीको स्वीकृत गर्ने पास हुनु पर्ने भएपनि केही कागजात नभएपछि कारवाहीका लागी नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्वयु क्रान्तिकारीका जिल्ला उपाधयक्ष सरोज भण्डारीले जानकारी दिनुभयो । यता सुनसरीका स्थानिय विकास अधिकारी पाण्डेले भने काठमाडौमा गाडी वनाएर फर्किएका हुँदा कागजात नभएको वताउनु भएको छ । स्थानिय विकास अधिकारी पाण्डे भने हिजोदेखिनै चितवनमै हुनुहुन्थ्यो ।
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News