Winamp windows Media Player Real Player QuickTime

वाईसियल र अनेमसंघ क्रान्तिकारी गठन

२४ चैत
रत्ननगर १२ मा शनिवार एकिकृत नेकपा माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारी र वाईसियल कमिटी गठन गरिएको छ । महिला संघको अध्यक्षमा मिना वास्तोला,उपाध्यक्ष खुमा लम्साल,सचिव मनु थापा,कोषाध्यक्षमा सिर्जना पंगेनी लगायत २१ सदस्यीय वडा कमिटि गठन गरिएको हो । त्यस्तै वाईसियल अध्यक्षमा सुर्य लामा,उपाध्यक्षमा प्रमोद रेग्मी र शिव ढकाल,सचिवमा पिताम्वर देवकोटा,कोषाध्यक्षमा शैलेन्द्र खनाल लगायत ४१ सदस्यीय वडा कमिटि गठन गरिएको विकास पौडेलले जानकारी दिनुभयो । वडा अध्यक्ष विन्दा खड्काको अध्यक्षतामा भएको कार्यक्रममा एकिकृत नेकपा माओवादीका सदस्य  इश्वरी भट्टराई प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका नगर अध्यक्ष कृष्णप्रसाद सापकोटा,सचिव भिमसेन पौडेल,जिल्ला सल्लाहाकार गंगा वास्तोला,वाईसियल इलाका संयोजक मेघनाथ पौडेल,अखिल क्रान्तिकारी इलाका संयोजक दयाराम पौडेल,वाईसियल नगर अध्यक्ष शंकर दर्नाल, वडा सचिव टिका थापा, विनोद पंगेनी लगायतले वोल्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News