Winamp windows Media Player Real Player QuickTime

छात्रा फुटवलमा गैडाकोट प्रथम

२४ चैत
पञ्चकन्या उच्च माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको जिल्ला स्तरीय छात्रा फुटवल प्रतियोगितामा गैडाकोट खेलकुद विकास समिति प्रथम भएको छ । शनिवार भएको फाईनल खेलमा आयोजक पञ्चकन्या उच्च माविलाई २–१ गोल अन्तरले पराजीत गर्दै गैडाकोट खेलकुद विकास समिति प्रथम भएको हो । प्रतियोगितामा ४ टिमको सहभागीता रहेको थियो । विजयी टिमलाई आजै पुरस्कार वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य तीर्थमाया पौडेलको अध्यक्षता तथा नगर विकास खेलकुद समितिका संयोजक मदन डंगोलको प्रमुख आतिथ्यतामा भएको थियो । शनिवारनै स्वर्ण महोत्सवको थप प्रचार प्रसारका लागी वृहत मोटरसाईकल र्याली समेत निकालिएको छ । विद्यालय प्राङ्गणबाट सुरु भएको र्यालीले रत्ननगरका विभिन्न स्थान परिक्रमा गरी पुन विद्यालयमा पुगेर समापन भएको थियो । र्यालीको संयोजन मोटर साईकल र्याली उपसमितिका संयोजक बाबुराम पण्डितले गर्नुभएको थियो । यसैबीच भुतपुर्व विद्यार्थी तथा पुर्व फुटवल खेलाडी स्वर्गिय दामोदर तिवारीको स्मृतिमा उहाँका छोरा सुसील तिवारीले एक लाख एक हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । अक्षयकोषको नाम स्वर्गिय दामोदर तिवारी स्मृति खेलकुद अक्षयकोष घोषणा गरिएको विद्यालयले जनाएको छ ।
 

Local News

Political News

International News

Sports News