Winamp windows Media Player Real Player QuickTime

चितवनमा वन्दको प्रभाव विहानै दे

२५ चैत
सरकारको विरोधमा रहेका नेकपा माओवादीसहित ३३ दलले गरेको वन्दका कारण विहानैदेखि चितवन लगायत देशभरको जनजीवन प्रभावित भएको छ । वन्दका कारण विहानैदेखि सडकमा सवारी साधन गुडेका छैनन भने शिक्षण संस्था,कलकारखाना,वजार पनि ठप्प रहेका छन् । वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकार विगठन र प्रमुख चार दलबीच चैत्र १ गते भएका सहमती खारेजीको माग गर्दै आन्दोलनरत नेकपा माओवादीसहित साना ३३ दलले आज एक दिनका लागी नेपाल वन्द गराएका हुन् । विहान ६ वजेदेखि सुरु भएको वन्द साँझ ५ वजे सम्म जारी रहने नेकपा माओवादी रत्ननगरका इन्चार्ज हरि पौडेलले जानकारी दिनुभयो । वन्द सफल वनाउन जिल्लाका मुख्य मुख्य चोकमा नेकपा माओवादीसहितका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । यता प्रसासनले पनि जिल्लाका मुख्य मुख्य वजारमा शशस्त्र र नेपाल प्रहरी खटाएको छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News