Winamp windows Media Player Real Player QuickTime

भरतपुरको हाकिम चोकमा दुर्घटना , २ जनाको मृत्यु एक घाईते

२५ चैत
धु्रवराज खनाल
चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । । भरतपुरको हाकीमचोकमा रोकि राखेको ना ३ त ५५४८ नम्बरको टयाक्टरमा ना १४ प २५९५ नम्बरको मोटरसाईकल ठोकिदा मोटरसाईकलमा सवार ललितपुर बस्ने अनिल बिष्ट र जुटपानी ४ सगुन टोल चितवन बस्ने २७ बर्षकी बिमला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल चालक बिष्टको घटना स्थलमै तथा पछाडी सवार तामाङको भरतपुर मेडिकल कलेजमा उपचार क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सोहि मोटर साईकलमा सबार भक्तपुर बस्ने बिकास श्रेष्ठको गम्भिर अबस्थामा पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । 

Local News

Political News

International News

Sports News