Winamp windows Media Player Real Player QuickTime

गैडाको खाग नक्कली भएको पुष्टि

२५ चैत
चैत्र ७ गते चितवनको क्षेत्रपुर वाट नियन्त्रणमा लिईएको गैडाको खाग नक्कली भएको पुष्टी भएको छ । जिल्ला वन कार्यलय चितवनले नियन्त्रणमा लिईएको खागलाई परिक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला वन्यजन्तु ईकाई काठमाडौ पठाएको थियो । ईकाईको प्रतिवेदनमा नियन्त्रणमा लिईएको खाग वास्तविक खाग नभएको पाईएको हो । चैत्र ७ गते प्रहरी प्रधान कार्यलयको अनुसन्धान ब्यूरोले क्षेत्रपुर वाट खाग सहित ४ जनालाई नियन्त्रणमा लिईएको थियो । इकाईले उनिहरु वाट नियन्त्रणमा लिईएको खाग जंगली वन्य जन्तुको भए ता पनि वास्तविक खाग नभएको पुष्टि समेत गरेको छ । उनिहरु वाट बरामद गरीएको खाग नक्कली भए पनि उनिहरुलाई कडा भन्दा कडा कारवाहि गरीने जिल्ला वन कार्यलय चितवनका प्रमुख डा ईन्द्र प्रसाद सापकोटाले जानकारी दिनु भयो ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News