Winamp windows Media Player Real Player QuickTime

पदमपुरमा खेतैबाट केरा चोरी

२५ चैत
पूर्वी चितवनको पदमपुरका किसानले फलाएको केरा खेतवाटै चोरी हुन थालेको छ । पदमपुरका चार जना केरा किसानको खेतवाट गएराती १५ हजार वरावरको ४० घारी केरा चोरी भएको चितवन केरा व्यवसायी समितिका अध्यक्ष लक्षमण सुवेदीले जानकारी दिनुभयो  केराको पकेट क्षेत्र मानिने पदमपुरका धनपति भट्टराईको खेतवाट ११ घारी,केरा व्यवसायस् समितिका अध्यक्ष लक्ष्मण सुवेदीको खेतवाट १७ घारी,कृष्ण प्रसाद अधिकारीको खेतवाट ९ घारी र कारी चौधरीको खेतवाट ३ घारी केरा चोरी भइको समितिका अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । किसानको खेतवाट केरा चारी हुनथालेपछि चितवन केरा व्यवसायी समितिले सुरक्षाको लागि किसानलाई रातीको समयमा सचेत रहन र केरा व्यवसायीलाई संकास्पद व्यक्तिले केरा विक्री गर्न ल्याएमा सोधपुछ गर्न आग्रह समेत गरेको छ । चितवनमा ३७५ जना केरा किसान रहेको र वार्षिक २१ हजार ५ सय मेट्रिकटन केरा उत्पादन हुने गरेको समितिका अध्यक्ष सुवेदीले बताउनु भयो ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News