Winamp windows Media Player Real Player QuickTime

आदिवासी थारु किसान समुहमा पुन लक्ष्मी

२५ चैत
रत्ननगर ४ देवौली स्थित आदिवासी थारु किसान समुहको अध्यक्षमा पुन लक्ष्मी चौधरी चयन हुनु भएको छ । समुहको आज सम्पन्न दोश्रो साधारण सभा तथा प्रथम अधिवेशनले चौधरीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । उपाध्यक्षमा जानुकी चौधरी,सचिवमा लक्ष्मी चौधरी,कोषाध्यक्षमा आशा चौधरी तथा सदस्यहरुमा सानु चौधरी,सिता चौधरी र माया चौधरी चयन हुनु भएको छ । जिल्ला कृषि विकास कार्यालय चितवनका नोदनाथ लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समुहकी सचिव लक्ष्मी चौधरीले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष आशा चौधरीले आयव्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थालाई सहयोग गर्ने कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख दीपकराज पौडेल,पञ्चकन्या जल उपभोक्त संस्था , आइपिएम सहजकर्ताद्वय लेखनाथ पोखरेल,प्रेमनाथ नेपाल, स्थानीय विफल महातो,मगरा महतो, वावुराम महातो लाई सम्मान गरिएको थियो ।  कार्यक्रममा रत्ननगर नगरपालिकाका लेखा अधिकृत सिताराम पोखरेल,नगरस्तरीय टोल विकास समन्वय समिति रत्ननगरका अध्यक्ष बाबुराम गौतम, आइपिएम सहजकर्ता जीवन पौडेल, वडा सचिव शिव लामिछाने लगायतले वोल्नु भएको थियो । कार्यक्रम समुहकी अध्यक्ष लक्ष्मी चौधरीको अध्यक्षतामा भएको थियो ।
 

Local News

Political News

International News

Sports News