Winamp windows Media Player Real Player QuickTime

हाजिरिजवाफमा पञ्चकन्या विद्या मन्दिर प्रथम

२५ चैत
पञ्चकन्या उच्च माध्यमिक विद्यालयले स्वर्ण महोत्सवको अवसरमा आयोजना गरेको नगरस्तरीय हाजिरीजवाफ प्रतियोगितामा पञ्चकन्या विद्या मन्दिर प्रथम भएको छ । प्रतियोगितामा आयोजक पञ्चकन्या उच्चमावि द्धितिय र पञ्चकन्या मावि तृतिय भएका छन् । प्रतियोगितामा १३ वटा माविहरुको सहभागीता रहेको थियो । अतिरिक्त क्रियाकपाल संयोजक शिक्षक शिवप्रसाद अधिकारीको अध्यक्षता तथा समाजसेवी हरिप्रसाद खनालको प्रमुख आतिथ्यतामा प्रतियोगिता भएको हो । यसैबीच आजै आयोजित श्रोत केन्द्र स्तरीय वकृत्वकला प्रतियोगितामा पञ्चकन्या उच्च माविका अमृत तिवारी प्रथम,पञ्चकन्या उच्च माविकै सिर्जना सिलवाल द्धितिय,स्काईराईडर उच्च माविकी एलिसा प्रसाई तृतिय तथा हिमालयन आवासिय माविकी समिक्षा पौडेलले सान्त्वना स्थान हासिल गर्नु भयो । प्रतियोगितामा सात वटा माविहरुको सहभागीता रहेको थियो । आजनै शैक्षिक सामाग्री निर्माण कार्यशाला पनि सम्पन्न भएको छ । कार्यशालामा विद्यालय निरिक्षक गोपाल भण्डारीले विद्यालयका शिक्षकहरुलाई शैक्षिक सामाग्री निर्माण कार्य बारेमा सहजीकरण गर्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News