Winamp windows Media Player Real Player QuickTime

स्काउट ज्याम्वोरीको तयारी पुरा

२७ चैत
धुर्वराज खनाल
चितवनको टिकौली चौरमा भोलीदेखि हुन लागेको नेपाल स्काउटको दोश्रो राष्ट्रिय स्काउट ज्याम्वोरीको तयारी पुरा भएको छ । ज्याम्वोरीका लागी आवश्यक आवास,खानपिन लगातयका सम्र्पुण तयारी पुरा भएको नेपाल स्काउटले आज(मंगलवार) पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । २६ वर्षपछि हुन लागेकोे ज्याम्वोरीमा क्रियाकलापहरु आजदेखि सुरु भएपनि विहीवार चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले एक भव्य समारोहकाबीच उद्घाटन गर्ने पत्रकार सम्मेलनमा स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले जानकारी दिनुभयो । यस अघि स्काउटको पहिलो ज्याम्वोरी २०४३ साल चैत्रमै भएको थियो । ज्याम्वोरीमा नेपाल लगायत दक्षिण एसिया,अमेरिका,फिनल्याण्ड,जापन,ताईवान,मलेसिया,भारत,वंगलादेश,लक्जेम्वर्ग लगायतका राष्ट्रबाट ५ हजार स्काउटहरु जम्मा हुने लामिछानेले वताउनुभयो । ज्याम्वोरीमा मनोरञ्जनात्मक,साहसिक,वौद्धिक,दक्षता,साधारण,वातावरण,सिप विकास जस्ता ७ वटा विधामा क्रियाकलाप हुने उहाँले वताउनु भयो । विभिन्न क्रियाकलापमा भाग लिने स्काउटहरुलाई अवार्ड समेत वितरण गरिने छ । ज्याम्वोरीमा रक क्यामविङ,हाईकिङ,रोड बाईकिङ,स्वीमिङ,फिसिङ,समुहमा भलिवल,व्याडमिन्टन,बास्केटवल,चेस,उत्सव तथा प्रर्दशन,शैक्षिक तथा सास्कृतिक क्रियाकलाप,पुर्नमिलन लगायतका क्रियाकलाप समेत गरिने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।  ज्याम्वोरी वैशाख २ गते सम्म चल्ने छ ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News