Winamp windows Media Player Real Player QuickTime

पुर्वी चितवनको टिकौलीमा दोश्रो ज्याम्वोरी सुरु

२८ चैत
नेपाल स्काउटको दोश्रो ज्याम्बोरी आज पूर्वी चितवनको टिकौलीमा शुरु भएको छ  । ज्याम्बोरी अन्तर्गतका कार्यक्रमहरु  आज शुरु भएपनि त्यसको औपचारिक उद्घाटन भने भोली हुने नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले जानकारी दिनुभयो । ज्याम्बोरीको उद्घाटन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले गर्ने कार्यक्रम छ । करिव ५ सय विदेशी सहित झन्डै छ हजार स्काउटर सहभागी हुने ज्याम्बोरी ६ दिनसम्म चल्नेछ । नेपाल, फिनलान्ड, मलेसिया, जापान, अमेरिका,बंगलादेश र भारतका १२ देखि १६ वर्र्षसम्मका विद्यार्थीहरु सहभागी हुनेछन् ।  चार चार वर्ष हुनु पर्ने स्काउट ज्यामबोरी २६ वर्ष पछि भएको हो ।   २०४३ सालमा पहिलो पटक कीर्तिपुरमा राष्ट्रीय स्काउट ज्याम्बोरी भएको थियो । स्काउटको राष्ट्रीय ज्याम्बोरीका लागि रत्ननगरको प्रस्तावित क्षेत्रीय रंगशाला निर्माणस्थल टिकौली मैदानमा तीन सय वटा पाल टाँगिएको छ ।विद्युत , खानेपानी, शौचालय, स्नानगृह, टेलिफोन, क्याम्पसाइट, फोटो प्रर्दशनीस्थल निर्माण गरिएको छ । ज्यामबोरिका लागि १ करोड ६० लाख खर्च हुने अनुमान गरिएको छ ।  
 

Local News

Political News

International News

Sports News