Winamp windows Media Player Real Player QuickTime

वनको आम्दानी उपभोक्ताको जीवनमा प्रयोग गर्नुपर्ने

२८ चैत
सामुदायिक वनको आम्दानी उपभोक्ताको जिवनस्तर उकास्न र विकासका लागि प्रथामिकता दिनुपर्ने  सरोकारवालाहरुले जोड दिएका छन् । पूर्वी चितवनको रत्ननगर–७ टिकौलीमा रहेको टिकौली मध्यवर्ती सामुदायीक वन उपभोक्ता समुहको तेस्रो बार्षीक साधारणमा सहभागी उपभोक्ताहरु सो कुरामा जोड दिएका हुन् । उनीहरु सामुदायिक वनको आम्दानी उपभोक्ताहरुको जिवनस्तर उकास्न खर्च नहुदा वन विनाश नरोकीएकोमा चिन्ता व्यक्त गरे । सामुदायिक वन संरक्षणका लागी आम्दानीको बढि भन्दा बढि हिस्सा आयआर्जन वृद्धिका लागी लगानी गर्न सुझाव दिएका छन् । साथै सामुदायिक वनलाई राजनितिक हस्तक्षेप मुक्त क्षेत्र घोषण गर्न माग समेत गरेका छन् । सो अवसरमा सभाको उद्धघाटन गर्दै मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव चपागाईले सामुदायिक वनको संरक्षणका लागी स्पष्ट संरक्षण निति आवश्यक भएको वताए . वन समुहका अध्यक्ष वृद्धिमान विकको अध्यक्षतामा सम्पन्न सभामा संस्थाका सचिव विश्वराज कोईरालाले वार्षीक प्रगती प्रतिवेदन र कोषध्यक्ष अर्जुन थापाले ४१ लाख सात हजार ३२ रुपौयाको आर्थीक प्रतिवेदन प्रस्तुत गरेका कार्यलय सचिव कृष्ण प्रसाद शर्माले जानकारी दिए  ।
       कार्यक्रममा संस्थाका लेखा संयोजक रामचन्द्र पौडेल, निर्वतमान सचिव हरि पौडेल, वडा सचिव सूर्य ढुङ्गाना,समाजसेवी हरि प्रसाद शर्मा, नन्दलाल रेग्मी, भूपेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । ५सय ७२ जना उपभोक्ता रहेको यस वनले गोरब ग्यासमा अनुमान, आर्यआर्जन सिपमुलक तालिम र चेपाङ्ग समुदायलाई चेपाङ्ग तालको आम्दानीको ७५ प्रतिशत रकम बाढ्दै आएको छ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News