Winamp windows Media Player Real Player QuickTime

चितवनको उद्योग वाणिज्य संघ उत्कृष्ठ

२८ चैत
उद्योग वाणिज्य संघ चितवन जिल्ला स्तरिय उद्योेग वाणिज्य संघहरुमा उत्कृष्ट भएको छ । काठमाडौमा आज आयोजित महासंघको ४७ औ साधारण् सभामा उद्योग वाणिज्य संघ चितवनलाई देशभरका उद्योग वाणिज्य संघ मध्ये उत्कृष्ट घोषणा गर्दै सम्मान गरिएको छ । आज सहित संघ चितवन उत्कृष्ट घोषणा भएको यो पाँचौ पटक हो । यस्तै उद्योग वाणिज्य संघ रत्ननगर नगर स्तरिय उत्कृष्ट संघ घोषित भएको छ । साधारण सभामा चितवनका दुवै उद्योग वाणिज्य संघलाई सम्मान गरिएको हो । नेपाल भरीका “ख” वर्गका उद्योग वाणिज्य संघहरु मध्ये उत्कृष्ट संघको रुपमा रत्ननगर उद्योग वाणिज्य संघलाइं पुरस्कृत गरिएको संघका कार्यवहाक अध्यक्ष ज्ञानवहादुर विसुरालले जानकारी दिनुभयो ।  दुवै संघका प्रंतिनिधिलाई कार्यक्रमका प्रमुख अतिथी मन्त्री परिषद अध्यक्ष खिलराज रेग्मीले सम्मान गर्नु भएको थियो । पुरस्कृत कार्यक्रममा रत्ननगर उद्योग वाणिज्य संघका तर्फबाट कार्यवाहक अध्यक्ष ज्ञान बहादुर विसुराल,संघका निवर्तमान अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ, उपाध्यक्ष राजाराम रेग्मी र कार्यकारी सचिव शर्मिला श्रेष्ठको सहभागीता रहेको थियो । प्रत्येक वर्ष उद्योग वाणिज्य दिवसको अवसरमा संघहरुको गतिविधि, क्रियाकलाप, सचिवालय व्यवस्थापन आदिको मुल्याङ्कन गरी (क), (ख) र (ग)  वर्गका विभाजित उद्योग वाणिज्य संघहरुलाई सोही अनुरुप छनोट गरी सम्मान एंव पुरस्कृत गर्ने गरिन्छ ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News