Winamp windows Media Player Real Player QuickTime

चुनाव सफल वनाउन सवैलाई रेग्मीको आग्रह

२९ चैत
धु्रवराज  खनाल
अन्तरीम चुनावी मन्त्रीपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधान सभा निर्वाचनलाई सफल वनाउन सवैलाई आग्रह गर्नु भएको छ । चितवनको रत्ननगर टिकौली चौरमा जारी नेपाल स्काउटको दोश्रो ज्याम्वोरीको आज उद्घाटन गर्दै अध्यक्ष रेग्मीले विचार र आस्था सवैको एउटै नहुने भन्दै जुन सुकै विचार र आस्था भएपनि सहज वातावरणमा चुनाव सम्पन्न गर्न सक्रियता सहभागीता हुनु पर्ने वताउनु भयो ।
उहाँले देशको शक्तिकेन्दं्र युवा रहेको भन्दै चुनाव सम्पन्न गर्नका लागी युवाहरुलाई पनि आह्वान गर्नु भयो । युवाहरुले योगदान र शीप नेपालमा लगानी गर्न चाहेपनि विभिन्न चुनौती र व्यवधान खडा हुने गरेकाले युवाहरु विदेशिनु परेकोमा चिन्ता व्यक्त गर्नु भयो । अध्यक्ष रेग्मीले सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने समेत सो अवसरमा उल्लेख गर्नु भयो । नेपाली समाजलाई अग्रगामी रुपान्तरणका लागी जतिनै राम्रा निति र लक्ष्य लिएर अग्रसरता भएतापनि कुशल व्यवस्था नभएसम्म व्यवहारीक रुपमा सफल हुन नसक्ने वताउनु भयो ।  सद्भाव र शान्तिका निम्ती आयोजना गरिएको स्काउटको ज्याम्वोरीले लक्ष्य हासिल गर्ने उहाँले विश्वास व्यक्त गर्नु भयो ।


  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News