Winamp windows Media Player Real Player QuickTime

रेडियो अर्पणद्धारा सम्र्पुणमा शुभकामना व्यक्त

१ वैशाख
आजदेखि नयाँवर्ष २०७० साल सुरु भएको छ ।  नयावर्ष सुरुभएसगै आज नयावर्र्षको पहिलोदिन मानीसहरु एकआपसमा शुभकामना आदानप्रदान गरी हर्र्षउल्लासका साथ नयावर्र्ष मनाउदैछन् । नयावर्र्षमा नया लुगा लगाउने , मिठो खाने र राम्रो लगाउने प्रचलन छ । यसो गर्नाले वर्र्षभरीनै राम्रो लगाउन र मिठो खान पाउने जनविश्वास रहीआएको छ । हरेक नयावर्र्षले मानीसमा नयापन , उत्साह र उमंग ल्याउने अपेक्षा गरीन्छ । यस्तो परिवर्तन सुखद् हुने आशा प्रत्येक मानीसको हुन्छ ।
यसैबीच  नयाँ वर्ष २०७० सालको अवसरमा सामुदायिक रेडियो रेडियो अर्पण १०४.५ मेगाहर्ज तथा अर्पण वचत तथा ऋण सहकारी संस्थाले सम्र्पुण नेपालीहरुमा शुभकामना व्यक्त गरेको छ । रेडियो अर्पण तथा सहकारीका अध्यक्ष वेदप्रसाद आचार्यले आज जारी गर्नु भएको शुभकामना सन्देशमा सम्र्पुण कार्यसमिति पदाधिकारी,शेयर सदस्य,कर्मचारी,विज्ञापनदाता,ग्राहक वर्ग,शुभचिन्तक तथा स्वदेश तथा विदेशमा रहने आम नेपालीहरुको सुख शान्ती एवंम समृद्धिको कामना गरिएको छ । साथै शुभकामना सन्देशमा नयाँ वर्षले सम्पुर्णमा थप जोस जाँगर, पैदा गरोस अनि देशमा अमनचयन कायम रहोस भन्दै अध्यक्ष आचार्यले कामना समेत गर्नु भएको छ । छोटो समयमानै सवै सामु लोकप्रिय रेडियोको रुपमा स्थापित गराउनु हुने सम्पुर्णमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सल्लाहा सुझावका आधारमा थप नयाँ कार्यक्रम ल्याउने तथा समाजप्रति वढि उत्तरदायि वनेर लाग्ने समेत शुभकामना सन्देशमा प्रतिवद्धता जनाउनु भएको छ ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News