Winamp windows Media Player Real Player QuickTime

सुन ह्वातै घट्यो

२ बैसाख
नेपाली बजारमा सुनको भाउ घटेर झण्डै २ बर्ष अघिको अबस्थामा पुगेको छ । नेपाल सुनचाँदी ब्याबसायी महासघले तोकेको भाउ अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ५२ हजार पाँच सय रुपैयामा झरेको छ । यसअघि २०६८ साल भदौमा सुनको भाउ यहि हाराहारीमा थियो ।  आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३३ सय रुपैयाँ घटेको छ । गत शुक्रबार प्रातितोला ५५ हजार ८ सय रुपैयामा कारोबार भएको छापावाला सुन आज ५२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको छ ।
यो भन्दा अगाडि यति धेरै मात्रामा सुनको मूल्य घटेको थिएन । अन्तर्राष्ट«िय बजार सुनको मूल्यमा आएको भारी गिरावटले नेपाली बजारमा पनि सुनको मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज बजारमा तेजाबी सुन तोलाको ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । २०६९ साल भदौ महिनाको अन्तिमतिर ६१ हजार ८ सय रुपैयाँमा पुगेर कारोबार भएको सुनको मूल्य घट्दै आएर सोमबार ५२ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो ।
बैशाख महिनाको सुरुवातसगै विवाहको मौसम समेत सुरु भएको छ । बजारमा सुनको अभाव भइरहेपनि सुनको मूल्यमा आएको व्यापक गिरावटले विवाहको तयारी गरिरहेकाहरुलाई भने राहत मिलेको छ । यस्तै नेपाल बजारमा चाँदीको भाउ पनि केहि घटेको छ । चाँदी ७० रुपैया घटेर प्रतितोला ९ सय ३५ रुपैयामा कारोबार भैरहेको महासघले जनाएको छ ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News