Winamp windows Media Player Real Player QuickTime

स्काउटको ज्याम्वोरी आज सकियो, मुलुकको विकासका लागी १० लाख स्वयमसेवक परिचालन गर्ने मुख्य सचिव पौ

२ बैसाख
पुर्वी चितवनको टिकौली चौरमा जारी नेपाल स्काउटको दोश्रो राष्ट्रिय ज्याम्वोरी आज सकिएको छ । चुनावी मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले उद्घाटन गर्नु भएको ज्याम्वोरीको सरकारका मुख्य सचिव लिलामणि पौडेलले समापन गर्नु भएको हो ।  समापन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य सचिव पौडेलले मुलुकको बिकाशका लागि १० लाख स्वयम सेवक परिचालन गर्न लागिएको बताउनु भएको छ । पौडेलले अघिल्लो सरकारले अगाडी सारेको कार्यक्रमलाई बर्तमान सरकारले पनि अगाडी बढाउन लागेको जानकारी दिनु भयो । मुलुकको बिकाशका लागि बिदेशीको मुख ताक्ने प्रबृति त्याग्न सक्नु पर्नेमा जोड दिदै उहा“ले अबको नया“ पुस्ता मुलुकको भबिस्य प्रति आशाबादी रहेको बताउनु भयो ।पहिचानको नाममा मुलुकको एकताको डोरी चुडिने होकी भन्ने आशंका बढेको भन्दै पौडेलले राष्ट्रीय एकता मजबुत राख्न युवा पुस्ताको महत्वपुर्ण भुमिका हुने बताउनु भयो । नेपाल स्काउटका प्रमुख आयुक्त श्रीराम लामिछानेले अनुसासित र योग्य नागरिक उत्पादन गर्न स्काउटले भूमिका खेलेको भन्दै स्काउटको अभियानमा सहयोग गर्न सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय सचिव वासुदेव भण्डारीले ज्याम्बोरीमा गरिएका कामहरु समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दुवाडी,नेपाल स्काउ चितवनका जिल्ला आयुक्त तीर्थ राज न्यौपाने,प्याब्सन चितवनका अध्यक्ष वेलबहादुर गुरुङ लगायतले वोल्नु भएको थियो । चैत २८ गते बाट सुरु भएको नेपाल स्काउटको दोस्रो राष्ट्रिय ज्याम्बोरीमा ८ बिदेशी समुह र नेपालका ५९ जिल्लाका सहित कुल  ५ हजार ६ सय ६८ जना स्काउट  बिद्यार्थीहरुको सहभागीता रहेको थियो । २६  बर्ष पछि चितवनको टिकौलीमा सो दोस्रो राष्ट्रिय ज्याम्बोरी आयोजना गरिएको हो । ज्याम्वोरीमा नेतृत्व विकास,शिप विकास लगायतका विभिन्न क्रियाकलापमा स्काउटकर्मीहरुले सहभागीता जनाउनुका साथै आआफ्ना देशको संस्कृति समेत आदान प्रदान गरेका थिए ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM
  • Next Program
  • Program Name: Arpan Samarpan
  • Program Host:
  • Time duration: 02:15 PM-03:00 PM

Local News

Political News

International News

Sports News