Winamp windows Media Player Real Player QuickTime

प्रहरी ब्यारेक इप्रका खैरहनीलाई हस्तान्तरण

३ वैशाख
पुर्वी चितवनको खैरहनीमा निर्माण गरिएको प्रहरी ब्यारेक तथा प्रहरी विट इलाका प्रहरी कार्यालय खैरहनीलाई हस्तान्तरण गरिएको छ । भवन निर्माण समितिका अध्यक्षले प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीबाट इलाका प्रहरी कार्यालय खैरहनीलाई हस्तान्तरण गरिएको हो । आज आयोजित एक कार्यक्रमकाबीच भवन निर्माण समितिका अध्यक्ष केशव पाठकले प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी र प्रमुख जिल्ला अधिकारी दवाडीले इलाका प्रहरी कार्यालय खैरहनीका नयाँ प्रमुख प्रहरी निरीक्षक रमेश पण्डितलाई प्रहरी ब्यारेक तथा प्रहरी विट हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा आर्थिक तथा कार्य प्रगति विवरण प्रस्तुत गर्दै भवन निर्माण समितिका सदस्य सचिव तथा प्रहरी निरीक्षक माधवराज खरेलले करिव १० लाखको लागतमा प्रहरी ब्यारेक निर्माण गरिएको जानकारी दिनुभयो । विभिन्न व्यक्तीबाट प्राप्त करिव साँढे ६ लाख तथा ३ लाख भन्दा वढि बराबरको जिन्सी सहयोगमा भवन निर्माण गरिएको खरेलले वताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक रमेश पण्डितले आफ्नो कार्याकालमा यस क्षेत्रका सम्र्पुण राजनितिक दल,वुद्धिजिवी,व्यापारी,स्थानियवासीको समन्वयमा अघि वढ्दै शान्ति सुरक्षा चुस्त वनाउने प्रतिवद्धता व्यक्त गर्नु भयो । भवन निर्माण समितिका अध्यक्ष तथा उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपककुमार थापा लगायतले वोल्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News