Winamp windows Media Player Real Player QuickTime

सुनको मुल्य ओरालो लाग्दै,, आज तीन हजारले घट्यो

३ बैशाख
सुनको भाउ आज फेरि घटेको छ। हिजो प्रति तोला ३ हजार ३ सयले घटेको सुन आज पनि ३ हजारले घटेको हो। भाउ घटेर अहिले प्रति तोला साढे ४९ हजारमा आएको छ। अन्र्तराष्ट्रीय बजारमा सुनको मूल्य तीब्र रुपमा ओरालो लाग्न थालेपछि नेपालमा पनि सुनको भाउ घट्न थालेको हो। अन्र्तराष्ट्रीय बजारमा प्रति औस एक हजार तीन सय ६५ अमेरिकी डलर  हुदा नेपालका व्यवसायीले आजको भाउ तोकेका हुन्। हिजोको भाउ १४५० डलर थियो। अन्र्तराष्ट्रीय बजारमा भाउ अझै घट्ने क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले अन्र्तराष्ट्रीय बजारको प्रभावका कारण नेपालमा पनि सुन सस्तिएको बताए। उनका अनुसार सोमबार नेपाली बजारमा सुन तोलाको ५२ हजार ५ सय रुपैयामा कारोबार भयो। यसअघि गत शुक्रबार तोलाको ५५ हजार ८ सय रुपैयाँ थियो। शनिबार र आइतबार विदा परेकाले बजारमा सुन कारोबार भएको थिएन। बिदाका दिनमा कारोबार नहुने भएकाले महासंघले भाउ तोक्ने गरेको छैन। गत वर्र्ष वैशाख २ गते नेपाली बजारमा सुनको भाउ ५४ हजार १ सय रुपैयाँ तोला कायम भएको थियो। गत माघमा सबैभन्दा धेरै सुनको भाउ तोलाको ६१ हजार ८ सय ५० कायम भएको थियो । सुनको मूल्य निरन्तर ओरालो लागेपछि आफूहरुलाई भने धेरै घाटा हुने सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष शाक्यले बताउनुभयो । ब्यबसायीले बढी मूल्यमा किनेको सुन सस्तोमा बेच्नुपर्ने अवस्था आएको शाक्यले बताउनुभयो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News