Winamp windows Media Player Real Player QuickTime

ढुङ्गा लागेर वसमा सवार गाईडको मृत्यु

३ बैशाख
सडकमाथिबाट खसेको ढुंगाले गाडीमा लाग्दा चितवनमा एकजनाको ज्यान गएको छ, तीन जना घाइते भएका छन् । गुडिरहेको पर्यटक गाडीमा मुग्लिन–नारायणगढ सडकखण्डको जलबिरे नजिकै सडकमाथिबाट खसेको ढुंगाले लाग्दा पर्यटक गाइड सिन्धुपाल्चोकका सन्तोष तामाङको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका दुईजना पर्यटकको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ । गाडीका चालक पनि सामान्य घाइते भएका छन् । काठमाडौबाट चितवन पुगेर पोखराको लागि छुटेको बा १ ञ ८८७ नम्बरको पर्यटक गाडीमा बिहान ११ बजेतिर सडकमाथिबाट खसेको ढुंगाले लागेको हो । यसैबीच नवलपरासीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बडहरा दुबौलिया गाबिस वडा नं. ४ मा रहेको राम दरत सहानीको खेतमा गँहु काट्ने क्रममा  मे १ त २१११ नम्बरको ट्क्याटरले ठक्कर दिदा गेर्मी गाबिस ७ बस्ने २४ बर्षिय काशीनाथ गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ ।
 

  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News