Winamp windows Media Player Real Player QuickTime

नवलपरासीमा २ को मृत्यु

४ बैशाख
पूर्व पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको दाउन्ने एसमोडमा आज भएको दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । नारायणगढ वाट बुटवल तर्फ जादै गरेको ना ३ ख ३४१५ नम्बरको ट्रकले सोहि दिशा तर्फ जादै गरेको लु १३ प ५७१३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक र ट्रकका हेल्परको मृत्यु भएको प्रहरीले भएको छ ।  मृत्यु हुनेमा मोटरसाईकल चालक नवलपरासी दुम्किवास—५ का २३ वर्षिय किरण शर्मा र ट्रकका हेल्पर मकवानपुर जिल्ला मनहरी गाविसका १८ वर्षिय आले थरका रहेका छन । मोटरसाईकललाई ठक्कर दिएपछि एक्कासी ब्रेक लगाउन पुगेको ट्रक अनियन्त्रित भई सडकमा पल्टिन पुग्दा ट्रकका हेल्परको समेत  मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।


Local News

Political News

International News

Sports News