Winamp windows Media Player Real Player QuickTime

सौराहामा ठाँईला ठाँईलीको साधारण सभा

४ बैशाख
चितवनको पर्यटकीय नगरी सौराहामा ठाँइला ठाइँलीको पहिलो साधारणसभा हुनेभएको छ । ठाइँला ठाइँलीको अस्तित्व लोप हुँदै गएपछि यसको संरक्षण गर्न गठित ठाइँला संरक्षण समाजले वैशाख २६ गते साधारण सभा गर्न लागेको ठाइँला सहयोग संरक्षण समाजका अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।  गएको फागुन २७ गते चितवनको सौराहामै भएको ठाइँला सम्मेलनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय तर्दथ समिति गठन गरेको थियो । समाजलाई यही वैशाख २ गते जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता गरिएको समाजका कोषाध्यक्ष केशव खनालले जानकारी दिए । साथै समाजमाले सवै ठाँइला ठाँइलीलाई सम्मेलनमा उपस्थित हुन आग्रह गरेको छ । ठाइला ठाइली भन्नाले छैटौं सन्तानको रुपमा परिचित छन् ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News