Winamp windows Media Player Real Player QuickTime

नगरपालिका परिषरमा वहुदेश्यीय सभाहल

४ बैशाख
रत्ननगर नगरपालिका परिसर भित्र वहुद्देश्यीय सभाहल बनाउने निर्णय भएको छ । आज वसेको सवपक्षिय वैठकले नगरपालिका परिषर भित्रको पूरानो सहकारी भवनलाई व्यवस्थित रुपमा पुननिर्माण गरी सभाहल निर्माण गर्ने निर्णय गरेको हो ।
नगरका राजनैतिक पार्टी प्रतिनिधि, समाजसेवी, व्यापारी लगायतको छलफलले भवन मर्मत तथा विकास गरी सभाहल बनाउने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत पुरुषोतम सापकोटाले जानकारी दिनुभयो ।  वैठकमा कार्यकारी अधिकृत सापकोटाले उपभोक्ता समिति मार्फत काम गर्ने र यसका लागि ५ लाख छुट्याइएको बताउनुभयो । वैठकमा संस्थापक मेयर नारायण बन,  नेकपा एमाले रत्ननगरका अध्यक्ष प्रेमनाथ  दुवाडी, व्यवसायी माधव भट्टराई, पुष्पराज जोशीलगायतले आफ्नो धारणा राखेका थिए । सभाहल मर्मत तथा विकासका लागि रामशरण कुँवरको अध्यक्षतामा १५ सदस्यीय समिति समेत गठन गरिएको छ  । समितिको सचिवमा पुष्पराज जोशी, कोषाध्क्ष प्याराकृष्ण श्रेष्ठ र अन्य सदस्यहरु रहेका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News