Winamp windows Media Player Real Player QuickTime

प्रहरी निरीक्षकहरुको विदाई र स्वागत

४ बैशाख
उद्योग वाणिज्य संघ खैरहनीले इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षकहरुलाई विदाई तथा स्वागत गरेको छ । संघले आज पर्सा वजारमा एक कार्यक्रमको आयोजना गरी प्रहरी निरीक्षक माधवराज खरेललाई विदाई तथा रमेश पण्डितलाई स्वागत गरेको हो । खरेल हालै मात्र वालाजु सरुवा हुनु भएको हो भने पण्डित केहीदिन अघि मात्रै इलाका प्रहरी कार्यालय खैरहनी सरुवा भई आउनु भएको हो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका क्षेत्रिय इन्चार्ज राजु अम्गाई,नेपाली काग्रेशका जिल्ला सदस्य तेजप्रसाद वर्तौला ,भुवानी शंकर वहुमुखी क्याम्पसका व्यवस्थापन समिति अध्यक्ष जगतवहादुर पाण्डे,संघका निवर्तमान अध्यक्ष वलराम अर्याल,संघका सल्लाहाकार सदस्य एवंम वुद्धिजिवी प्रेम रिमाल,नेपाल रेडक्रस सोसाईटी खैरहनी उपशाखाका अध्यक्ष सानुकाजी पाण्डे,संघका प्रथम उपाध्यक्ष नवराज डल्लाकोटी,महासचिव रामबाबु खराल लगायतले विदाई तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  कार्यक्रम संघका अध्यक्ष केशवराज पाठकको अध्यक्षतामा भएको थियो ।
 

Local News

Political News

International News

Sports News