Winamp windows Media Player Real Player QuickTime

प्रहरी र स्थानियवासीबीच झडप

५ बैशाख
धु्रवराज खनाल
टिकाटालो लगाएर विवाह नगर्ने भन्दै फरार रहेका एक व्यक्ति विरुद्ध पुर्वी चितवनको वकुल्लहरमा गरिएको सडक अवरुद्ध खुलाउने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप भएको छ । झडपपछि प्रहरीले अवरुद्ध सडक वल प्रयोग गरि २ घण्टा पछि सुचारु गरेको छ ।  झडपमा परि प्रर्दशनकारी तर्फ एक महिला र अर्का एक प्रहरी घाईते भएका छन् । प्रहरीले एकाएक वन्दकर्ता माथी लाठी प्रहार गरेपछि आधा घण्टा जति प्रहरी र पिडित पक्षबीच झडप भएको थियो । झडपमा परि रत्ननगर निवासी कल्पना मियाँ र प्रहरी हवल्दार राजिव सिंह घाईते भएका हुन् । घाईते दुवैको थप उपचारका लागी भरतपुर लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षक सुरज कार्कीको नेतृत्वमा आएको प्रहरी टोली एक्कासी अमानविय तरिकाले लाठी चार्ज गर्दा स्थिती असामान्य वनेको थियो । यसैबीच सोही विषयको रिपोटिङमा खटिएका पत्रकारहरुमाथी समेत प्रहरी निरीक्षक कार्कीले अपशव्द प्रयोग गर्दै क्यामरा फोरी दिने धम्की दिएका छन् । समाचार संकलनका क्रममा रहेका पुर्वी चितवन पत्रकार मंचका सचिव एवंम सौर्य दैनिकका जिल्ला रिपोर्टर राजेन्द्र आचार्य,रेडियो अर्पणका हेमराज आचार्य ,अभियान टेलिजनका अरुण गौतम र वेसो टेलिभिजनका प्रकास सिग्देलको क्यामेरा फोरी दिने भन्दै सार्वजनिक मुद्या हाल्ने समेत वताएका थिए । सडक अवरुद्ध गर्नु अघि उनीहरुले नारावाजी गर्दै इलाका प्रहरी कार्यालय रत्ननगर घेराउ पनि गरेका थिए ।
रत्ननगर ३ वेल्सी निवासी सुजन खनाल र  रत्ननगर ८ पसौनी वस्ने निशा ढकालबीच विवाहका लागी गत फागुन ३० गते भव्य रुपमा टिकाटालो लगाई यही वैशाख ११ गते विवाह गर्ने निधो भएको थियो ।
विना कारण केटा फरार भएपछि पिडित केटी पक्ष आक्रोसित भएका हुन् । केटाले केटीलाई फोन सम्र्पक गरि आफ्नो सुर गर भनी धम्की समेत दिने गरेको केटीका काका रामबाबु ढकालले जानकारी दिनुभयो ।  केटाले केटीलाई धम्की दिएपछि पिडित केटी पक्षले प्रहरीमा उजुरी समेत दिएका थिए । तर पनि पक्राउ गरेको केटा खनाललाई विना कारण छोडे पछि केटीका आफन्त तथा स्थानियवासी आक्रोषित भई आन्दालोन उत्रिएका हुन् ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News