Winamp windows Media Player Real Player QuickTime

सहमतीमा विहे रद्य,,क्षतीपुर्ती वापतकेटीलाई पाँच लाख

वैशाख ६
धु्रवराज खनाल
विवाहको लागी टिको लगाएर पनि चितवनको रत्ननगरमा सहमती पछि विवाह रद्य गरिएको छ । केटाले विहे नगर्ने वताएपछि केटी पक्षले सडक अवरुद्ध गरेपछि प्रहरीले वल प्रयोग गरेर सडक खुलायो र जिल्ला प्रहरी कार्यालयमा भएको छलफल पछि दुवै पक्ष विहे नगर्ने सहमती पुगेका हुन् । रत्ननगर ३ वेल्सीका सुजन खनालले रत्ननगर ८ पसौनीकी एक युवतीलाई गत फागुन ३० गते विवाहका लागी भव्य रुपमा टिकोटालो गरेका थिए । जिल्ला प्रहरी कार्यालय भरतपुरमा हिजो वेलुकी भएको छलफलमा विवाह रद्य गर्ने,केटा पक्षले क्षतीपुर्ती वापत केटी पक्षलाई पाँच लाख रुपैया तिर्ने,भविष्यमा केटी पक्षसंग मित्रवत व्यवहार गर्ने शर्तमा विगतका गल्तीप्रति केटाले केटी सामु माफी माग्ने सहमती भएको केटी पक्षले वताएका छन् । यता केटाले भने आफ्नो प्रेमीका रहेका कारण टिका लगाएकी केटी संग विहे नगर्ने फोन मार्फत वताउँदै आएका थिए । यस अघि हिजो विहे नगर्ने भनेर फरार रहेका केटालाई झिकाउनु पर्ने माग गर्दै प्रसासनलाई दवाव दिन केटी पक्षले करिव १ घण्टा सडक अवरुद्ध गरेका थिए ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News