Winamp windows Media Player Real Player QuickTime

आज रामनवमी पर्व

६ वैशाख
आज रामनवमी, हिन्दु धर्मावलम्बीहरुले श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी देशभर मनाउदैछन् । विहानैदेखि देशभरका राम मन्दिरमा दर्शनार्थीको घुइचो छ । असत्य माथि सत्यको विजयी भएको खुशीयालीमा राम मन्दिरमा विशेष पूजा आराधना गरिन्छ ।त्रेतायुगमा जन्मिएका श्रीरामको सम्झनामा बिहानैदेखि पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरी रामगीता पाठ गरी आज रातभर भजनकीर्तन गर्ने चलन छ । रामनवमीको अवसरमा बिहानैदेखि जनकपुरको जानकी मनिदरमा विशेष मेला लागेको छ । रामनवमीमा ब्रत बसी रामको पूजापाठ गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ । संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरी पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातीलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले श्रीरामको सम्झनामा चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाउने प्रचलन छ ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News