Winamp windows Media Player Real Player QuickTime

चितवनमा फेरी बर्डफ्लु भेटिएको पुष्टि ,सर्बसाधारण त्रसित

७ वैशाख
चितवनका दुई पोल्ट्री फर्ममा बर्डफ्लु भेटिएको प्रमाणित भएको छ । भरतपुर नगरपालीका बडा नम्बर ९ गोन्द्राङ्ग स्थित लक्ष्मी राणाको खोर र मंगलपुर गाउ बिकास समिति बडा नम्बर ७ राजेन्द्र हमालको खोरमा बर्डफ्लु प्रमाणित भएको हो ।पंक्षि अन्बेषण प्रयोगशाला भरतपुरले बैशाख २ गते थप परिक्षणका लागी केन्द्रिय प्रयोगशाला पठाएकोमा हिजो दिउसो बर्डफ्लु रहेको पुष्टि भएको हो ।अन्बेशण प्रयोगशाला भरतपुरका कर्मचारीहरुका अनुसार चैत्र २६ गते नै राणाको खोरमा कुखुरा मरेको जानकारी भएपछि फर्म पुगेका कर्मचारीहरुलाई फर्म सञ्चालक राणाले प्रबेशमा रोक लगाएपछि परिक्षणमा ढिलो भएको हो ।राणाको फर्ममा झण्डै ६० हजार र हमालको फार्ममा ४ हजार लेयर्स कुखुरा रहेको बताईएको छ ।राति ९ बजेदिखी दुबै खोरको कुखुरा मार्ने काम भईरहेको जिल्ला पशुशेबा कार्यालय चितवनका प्रमुख रामकुमार कार्कीले बताउनुभयो ।राणाको खोरमा ठुलो परिमाणमा कुखुरा मरिसकेको बताईएको छ ।यस अघि गत महिना भरतपुर नगरपालिकाकै एक खोरमा बर्डफ्लु प्रमाणित भएको थियो । जिल्लामा यसरी धमाधम बर्डफ्लु भेटिन थालेपछि सर्बसाधारण उपभोक्ता त्रसित भएका छन् ।
 

Local News

Political News

International News

Sports News