Winamp windows Media Player Real Player QuickTime

आधिकारिक खनाल नैं

बैशाख ९
नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले नेपाल बिद्यार्थी संघ चितवनको अध्यक्ष अरुणेश्वर खनालनैं भएको प्रष्ट पारेको छ । संघको २४ औं जिल्ला अधिवेशनका लागि चितवन खटिएका आधिकारिक प्रतिनिधी तथा केन्द्रीय सदस्य अञ्जन चौंलागाईले आज एक प्रेस बिज्ञप्ति जारी गर्दे खनालनैं आधिकारिक अध्यक्ष भएको प्रष्ट पारेका हुन् ।  
चौंलागाईले हिजो केन्द्रीय समितिको नाममा मुख्य सचिव शिव रिमालले जारी गरेको बिज्ञप्ति अबैंध भएको भन्दैं त्यसको कुनैं मान्यता नहुने बिज्ञप्ति मार्फत् प्ष्ट पारेका छन् । उनले केन्द्रीय पदाधिकारी तथा सदस्यहरु सरसल्लाहनैं नगरि एकजना कर्मचारीले निकालेको बिज्ञप्तिको कुनैं अर्थ नहुने भन्दैं त्यस बिषयमा छानविन भईरहेको जानकारी दिएका छन् । चितवन जिल्लाको अधिवेशन सम्पन्न गर्ने सन्र्दभमा आफु स्वयम् दर्जनौं बैंठकमा सहभागी भएपनि संघको तत्कालिन नेतृत्वले तत्परता देखाउन नसक्दा कुनैं निष्कर्ष निस्कन नसकेको भन्दैं चौंलागाईले अधिवेशन सादैं आफ्नैं नेतृत्वलाई निरन्तरता दिन खोजेकाले आफुले आफुमा निहित अधिकार प्रयोग गरि खनाललाई अध्यक्ष बनाएको स्पष्ट पारेका छन् ।
अधिवेशनलाई सहज ढङ्गले सम्पन्न गर्न बनाईएको पार्टीको संयन्त्रले एकलौंटी रुपमा अधिवेशन मिति सारेपछि तत्कालिन जिल्ला समितिका बहुमत पदाधिकारि एवं सदस्यहरुले लिखित रुपमा आफुलाई निर्णय गर्न अधिकार प्रदान गरेको पनि उनको बिज्ञप्तिमा उल्लेख छ । केन्द्रीय समिति आफ्नो निर्णयमा अडिग रहेको भन्दैं चौंलागाईले अनाबश्यक हल्लाको पछि नलाग्न नेविसंघका कार्यकर्ताहरुलाइृ आग्रह समेत गरेका छन् । “पुरानैं नेतृत्वलाई निरन्तरता दिन खोज्नु चलायमान संगठनका लागि हितकर होईन” उनको बिज्ञप्तिमा भनिएको छ  ।
यसैंबिच नेपाल बिद्यार्थी संघ चितवनको आज बसेको बैंठकले बैशाख १३ गते लोकतन्त्र दिवसका अबसरमा बृहत चियापान कार्यक्रम गर्ने निर्णय गरेको छ । अध्यक्ष अरुणेश्वर खनालको अध्यक्षतामा आज बसेको बैंठकले पुरानो कार्यसमतिको उच्च मुल्याङ्कन गर्दे धन्यवाद ज्ञापन गर्ने निर्णय पनि गरेको छ । यसैंगरि आगामी स्ववियु निर्वाचनका लागि आबश्यक रणनितिहरु त्य गरिने निर्णय गर्दे निवर्तमान अध्यक्ष उत्तम जोशीको स्वास्थ्य लाभको कामना समेत गर्ने निर्णय गरेको सचिव बिष्णुहरि थापाद्धारा जारी बिज्ञप्तिमा उल्लेख छ ।
 

Local News

Political News

International News

Sports News