Winamp windows Media Player Real Player QuickTime

व्रह्मनगर माविले स्वर्ण महोत्सव मनाउने

बैशाख ९
पुर्वी चितवनको विरेन्द्रनगर ७ मा रहेको व्रह्मनगर माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । ५० वर्ष प्रवेशको अवसरमा विभिन्न कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउन लागेको आज विद्यालयले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । स्वर्ण महोत्सवका अवसरमा यही वैशाख १० गते देखि जिल्ला स्तरीय विभिन्न प्रतियोगिता आयोजना गर्न लागेको र आन्तरीक खेलकुद प्रतियोगिता भने सम्पन्न गरेको पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक हरिप्रसाद गजुरेलले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत भोली जिल्ला स्तरीय मैत्रीपुर्ण शिक्षक भलिवल प्रतियोगिता,१२ गते, जिल्ला स्तरीय माध्यमिक छात्र छात्रा वक्तृत्वकला प्रतियोगिता,सोही दिन चित्रकला प्रतियोगिता,१३ गते पुर्वी चितवनस्तरीय माध्यमिक छात्रा छात्र भलिवल प्रतियोगिता,१४ गते जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता,१५ गते पुर्वी चितवन स्तरीय माध्यमिक छात्रछात्रा लोकनृत्य प्रतियोगिता,१६ गते जिल्ला स्तरीय विज्ञान प्रर्दशनी र १७ गते विद्यालयको नवनिर्मीत भवनको उद्घाट तथा स्वर्ण महोत्वसको उद्घाटन गरिनेछ । विद्यालयका प्रधानाध्यापकका अनुसार स्वर्ण महोत्सवको अवसरमा स्वर्ण स्मारिकाको पनि विमोचन पनि गरीने छ । स्वर्ण महोत्सवको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले उद्घाटन गर्ने प्रधानाध्यापक गजुरेलले वताउनु भयो । स्वर्ण महोत्सव सफल वनाउन विभिन्न उपसमिति पनि गठन गरिएका छन् । सो विद्यालयमा ६ सय भन्दा वढि विद्यार्थी अध्ययरत छन् । विद्यालयले आगामी शैक्षिक शत्रदेखि दश जोड दुई पनि संचालन गर्ने तयारी गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM
  • Next Program
  • Program Name: Mero Rachana
  • Program Host: Dipendra Theength
  • Time duration: 10:15 AM-11:00 AM

Local News

Political News

International News

Sports News