Winamp windows Media Player Real Player QuickTime

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवनमा टिकाराम

बैशाख ९
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान चितवन शाखाको अध्यक्षमा टिकाराम लामीछाने चयन हुनु भएको छ । प्रतिष्ठानको आज रत्ननगरमा भएको प्रथम अधिवेशनले लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षमा दशरथ सापकोटा, सचिबमा रमेश राना,कोषध्यक्षमा रामकृष्ण दुलाल र सदस्यहरुमा शोभा कडेल,गोबिन्द अधिकारी,  युवराज लामा कृष्ण प्रसाद पन्त, जगन्नाथ बास्तोला र मिना लामीछाने चयनहुनु भएको छ ।   
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रजापति पराजुली प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा दशरथ सापकोटाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो । सोे कार्यक्रममा लोक दोहोरीको ईतिहास र संरक्षण एव भजन चुड्का को संरक्षणको बारेमा छलफल भएको थियो ।  कार्यक्रममा रत्ननगर नगरपालीका का संस्थापक मेयर नारायण वन, राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठानका प्रकाश चन्द्र भट्टराई, राजेन्द्र हमाल, रेडियो अर्पणका कार्यकारी अध्यक्ष बेदप्रसाद आचार्य, गौरेश्वर रिजाल,रामु आचार्य लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News