Winamp windows Media Player Real Player QuickTime

सुनको मुल्यले रेकर्ड तोड्यो

१२ भदौ
सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नयाँ रेकर्ड कायम गर्दै सुन तोलामा ६३ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।अन्तराष्ट्रीय बजारमा सुनको भाउ महंगिएको र डलरको भाउ पनि लगातार उकालो लागेकाले नेपाली बजारमा सुनको भाउ महंगिएको महासंघका निबतर्तमान महासचिव माणिकरत्न शाक्यले बताउनुभयो ।उहाँका अनुसार अन्तराष्ट्रीय बजारमा नै भाउ आकाशिएकाले आज एकै दिन नेपाली बजारमा ३ हजार ४ सय रुपैयाँले सुनको भाउ बढेको हो ।मंगलबार सुनको भाउ तोलामा ५९ हजार ९ सय रुपैयाँ थियो । यसअघि ६२ हजार ८ सय ५० रुपैयाँसम्म पुगेको सुनको भाउमा त्यसपछि भने उतार चढाव आइरहेको थियो । तोलामा ६२ हजार ८ सय ५० रुपैयाँबाट विस्तारै ओरालो लाग्दै सुन ४८ हजार १ सय रुपैयाँसम्ममा झरेको थियो । आज अन्तराष्ट्रीय बजारमा सुनको भाउ बढेर प्रतिऔंस २४ सय २८ डलर पुगेको छ । अन्तराष्ट्रीय बजारमा भाउ घट्ने सम्भवना नरहेकाले नेपाली बजारमा सुनको भाउ अझै बढ्ने सम्भावना रहेको उहाँको भनाई छ ।यस्तै चाँदीको भाउ पनि बढ्ेको छ । तोलामा चाँदी आज ११ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको भाउ तोलामा एक हजार ५० रुपैयाँ थियो ।
 

Local News

Political News

International News

Sports News