Winamp windows Media Player Real Player QuickTime

मलेसियामा ६ नेपालीको हत्या

१२ चैत
मलेसियाको जोहार बारुमा स्थानीय युवाहरुको आक्रमणबाट ६ जना नेपालीको ज्यान गएको छ । स्थानीय युवाहरुले नेपाली बसेको होस्टलमा गयराती आक्रमण गर्दा ६ जनाको ज्यान गएको र १८ जना घाइते भएको सूचना आएको गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।घटनापछि जोहारबारुमा कफ्र्यू लागेको छ । सरकारले आज मलेशिया सरकारलाई सुरक्षा व्यवस्था मिलाउन र घाइतेको तत्काल उपचार गर्न आग्रह गरेको मन्त्री घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार आजनै परराष्ट्र मन्त्रालयले काठमाडौमा रहेका मलेसियन राजदूतलाई बोलाएर घटनाको बारेमा जानकारी लिने तयारी गरेको छ । मलेशियाका कार्यबाहक नेपाली राजदूत लेखनाथ भट्टराई त्यहाँको परराष्ट्र मन्त्रालय जानुभएको छ ।गृह तथा परराष्ट्रमन्त्री घिमिरेले घटनाका बारेमा नेपाल सरकार अत्यन्तै गम्भीर भएको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन कुटनीतिक पहल गरिने बताउनुभयो । सरकारले मलेशियामा रहेका सबै नेपालीलाई संयमित रहन पनि आग्रह गरेको  छ ।  
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News