Winamp windows Media Player Real Player QuickTime

नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री अधिकारीको स्मृति दिवस

१३ वैशाख
नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री एवं नेकपा एमालेका पूर्व अध्यक्ष मनमोहन अधिकारीको १४ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाइदैछ । दिवसको अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आफ्नै कार्यलय सानेपामा विशेष कार्यक्रम गर्दैछ । विक्रम संवत १९७८ सालमा काठमाडौमा जन्मेका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।पढाइको सिलसिलामा भारतको बनारसमा हुदादेखि नै उहाँ राजनीतिमा सक्रिय हुनुभएको थियो । भारत छोड आन्दोलनको क्रममा उहाँ बनारस जेल पर्नुभएको थियो । जेलमा भारतीय कम्युनिष्ट नेताहरुसगको सम्पर्कमा उहाँ कम्युनिष्ट पार्टीमा संगठित हुनुभएको थियो ।२००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उहाँले सम्हाल्नुभएको थियो । लामो राजनीतिक संघर्र्षको क्रममा उहाँले १७ वर्र्ष जेल जीवन बिताउनुभएको थियो । अधिकारी २०५१ सालमा मुलुकको पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो । उहाँ नेतृत्वको ९ महिने सरकारले लोकप्रीय काम गरेको भनेर अहिले पनि त्यसको चर्चा हुने गर्छ ।
 

Local News

Political News

International News

Sports News