Winamp windows Media Player Real Player QuickTime

गठवन्धन हुदैन – देउवा

बैशाख १७
नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आगामी चुनावमा काग्रेसले कुनै पनि दलसंग चुनावी गठबन्धन नगर्ने बताउनु भएको छ ।  नेपाल प्रेस युनियन पर्सा शाखाले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले आगामी चुनावमा केही दलसंग सहकार्य हुन सक्ने सम्भावना रहेपनि चुनावी गठबन्धन भने कसैसंग नहुने वताउनु भयो  । काग्रेस सबै निर्वाचन क्षेत्रमा एक्लै चुनाव लड्न सक्षम रहेको  देउवाले स्पष्ट पार्नु भयो । उहाँले राजनीतिक संक्रमणकालबाट मुलुकलाई निकास दिन अहिले संविधानसभाको चुनाव नै एकमात्र उपयुक्त विकल्प भएकाले चुनावमा सहयोग गर्न सबै दलसंग आग्रह गर्नु भयो । एक फरक प्रसंगमा काग्रेस वरिष्ठ नेता देउवाले आफनौ पार्टी भित्र अहिले कुनै पनि विवाद नरहेको दावी गर्नु भयो ।
 

Local News

Political News

International News

Sports News