Winamp windows Media Player Real Player QuickTime

निर्वाचन आयुक्त उप्रेती

बैशाख १७
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचन आयोगको निष्पक्षतामा शंका नगर्न दलहरुलाई आग्रह गरेका छन् । निर्वाचन आयोगले पोखरामा आयोजना गरेको पश्चिमाञ्चलस्तरीय अन्तक्रिया कार्यक्रममा प्रमुख आयुक्त उप्रेतीले आयोगले निष्पक्ष भएर आफ्नो जिम्मेवारी वहन गर्ने स्पष्ट पारे । आयोग कुनै एक पार्टी वा संस्थाको मात्र होइन, उनले भने,  हामी कसैलाई काखा र कसैलाई पाखा गर्ने खालका काम गर्दैनौं । हाम्रो आँखाले सवैलाई समान देख्छ । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले हालसम्म १ करोड १३ लाख जनताले मतदाता सहितको नामावली संकलनमा सहभागिता जनाई सकेको जानकारी दिए । उनले नामावली छुटेकाहरुलाई यस कार्यमा सहभागिता जनाउन आग्रह गरे । विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने कि नपाउने भन्ने बारे छलफल भईरहेको उप्रेतीले जानकारी दिए ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News