Winamp windows Media Player Real Player QuickTime

प्रचण्डद्धारा भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

बैशाख १७
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभा चुनावलाई सफल पार्न सहयोगका लागि भारतीय प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । आज बिहान नयाँ दिल्लीको हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहबीचको भेटमा प्रचण्डले संविधानसभा चुनावका लागि सहयोगको आग्रह गर्नुभएको हो ।त्यस्तै नेपालको उर्जा, पर्यटन, लुम्बिनीको बिकास र शान्ति प्रकृया सफल पार्नका लागि सहयोग गर्न प्रचण्डले गरेको आग्रहमा भारतीय प्रधानमन्त्रीले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।नेपालको गतिरोध अन्त्यका लागि खेलेको भूमिकाप्रति भारतीय प्रधानमन्त्रीले प्रचण्डको प्रशंसा गर्नुभयो । प्रचण्डले लामो समयदेखि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण नभएको प्रति असन्तुष्टी व्यक्त गरेपछि भारतीय प्रधानमन्त्री सिंहले समय मिलाएर छिट्टै नेपाल भ्रमणमा आउने बताउनुभएको छ । यसैबीच भारतीय विदेशमन्त्री सलमान खुर्सिदले भारतले सँधै नेपालमा राजनीतिक स्थायीत्व र विकास हेर्ने चाहेको बताउनुभएको छ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा उहाँले नेपालको राजीतिक स्थायीत्व र विकासका लागि भारत सरकारले सँधै सहयोग गर्ने बताउनुभयो । दलहरुको सहमतिमा निर्वाचन गराउन बनाएको सरकारले नेपाली जनताको चाहना अनुसार चुनाव गरेर लोकतन्त्रको संस्थागत विकास गराओस् भन्ने कामना गर्दै भारतीय विदेशमन्त्री खुर्सिदले नेपालमा मंसिर महिनाभित्र संविधानसभाको निर्वाचन हुनु पर्ने र त्यसको लागि भारतले सहयोग गर्ने बताउनुभयो । उहाँले भारत, नेपाल र चिनवीच त्रिपक्षीय साझेदारीको विषयमा कुनै कुराकानी नभएको बताउनुभयो ।

Local News

Political News

International News

Sports News