Winamp windows Media Player Real Player QuickTime

एमालेसंग मोर्चा बन्दी हुँदैनः महत

२१ बैशाख
नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपाली काँग्रेस र नेकपा एमाले दुवै प्रतिष्पर्धी पार्टी भएकाले संबिधान सभाको निर्वाचनमा मोर्चा बन्दी बनाएर जान सम्भव नभएको बताउनु भएको छ ।नेपाल प्रेस युनियन ताप्लेजुङले आज सदरमुकाम फुङ्लिङ्गमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता महतले चुनावमा स्वच्छ प्रतिष्पर्धा हुने भएकाले बिचार नमिल्ने पार्टीसंग मोर्चाबन्दी सम्भव नभएको बताउनु भयो । कार्यक्रममा महतले निर्वाचनको अन्तिम घडीमा केही निर्वाचन क्षेत्रमा एकले अर्कोलाई सहयोग गर्न भने सकिने महतको भनाइ थियो । उहाँले एकीकृत नेकपा माओवादी चुनावको विपक्षमा रहेको आरोप समेत लगाउनु भयो । नेकपा–माओवादीलाई चुनावमा सहभागी बनाउने वातावरण बनाउन प्रमुख राजनीतिक दल र सरकार अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।महतले मंसिरमानै चुनाब हुनेमा आसङ्का नगर्न सुझाव दिदै कांग्रेसले मंसिरमा चुनाव गर्नमा कुनै कसुर बाँकि नराखेकाले चाँडो भन्दा चाँडो चुनावि मितिको घोषणा गर्न सरकारलाई आग्रह गर्नुभयो ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News