Winamp windows Media Player Real Player QuickTime

वैद्यसंग तालमेलको हुन सक्छ प्रचण्ड

२१ बैशाख
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आगामी चुनावमा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसंग चुनावी एकता हुन सक्ने बताउनुभएको छ ।
बाराको सिमरा विमानस्थलमा आज विहान पत्रकारहरुसंग कुरा गर्दै उहाँले नेकपा–माओवादीले चाहे चुनाबी एकता गर्न तयार रहेको प्रष्ट पार्नुभयो ।प्रचण्डले मधेशको भोजपुरा, मिथिला र अवधमध्ये कुनै एक क्षेत्रबाट आफुले उमेद्धवारी दिने दोहो¥याउदै पार्टीका दुवै उपाध्यक्षले पनि मधेशबाटै चुनाव लड्ने तयारी भइरहेको बताउनुभयो ।सरकार विरुद्ध आन्दोलनरत दलहरुलाइ चुनावमा सहभागी गराउन संविधानसभा सदस्यको संख्या ४ सय ९१ जना राख्ने मुख्य दलको सहमतिमा पुर्नविचार गर्न सकिने प्रचण्डको भनाई छ । मोहन बैद्य र उपेन्द्र यादव नेतृत्वका दललाई उच्च स्तरीय राजनीतिक संयन्त्रमा ल्याउन सकिने पनि उहाँले बताउनुभयो ।लोकमान सिंह कार्कीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन चार राजनीतिक दलको उच्चस्तरीय संयन्त्रले सिफारिस गरेपनि अहिले एमाले र कांग्रेस पछाडि हटेको भन्दै प्रचण्डले आक्रोश व्यक्त गर्नुभयो ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News