Winamp windows Media Player Real Player QuickTime

कसैंसंग गठबन्धन हुदैंन ः देउवा

२१ बैशाख
आगामी संबिधानसभाको निर्वाचनमा काग्रेस र एमालेबिच गठबन्धनको चर्चा चलिरहेका बेला नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्वाचनमा कसैंसंग गठबन्धन नहुने बताउनुभएको छ । उहाले मुख्य प्रतिष्पर्धी दलहरुबिच गठबन्धन हुनैं नसक्ने भन्दैं काग्रेस त्यस्तो गठबन्धनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । नेपाली काग्रेस क्षेत्रनम्बर २ नवलपरासीको आयोजनामा आज कावासोतीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दैं नेता देउवाले शिर्ष तहमा पनि गठबन्धन नहुने स्पष्ट पार्नुभयो । मुलुकका लागि निर्वाचन अपरिहार्य रहेको बताउदैं  देउवाले गत संबिधानसभा निर्वाचनमा काग्रेसको बहुमत नआएकैं कारण संबिधान बन्न नसकेको दावी गर्नुभयो । उहाले काग्रेस जस्तो लोकतान्त्रिक पार्टी प्रतिपक्षमा बस्नु परेका कारणनैं मुलुकले यो अबस्था भोग्नुपरेको बताउनुभयो । संघियताका सम्बन्धमा काग्रेस स्पष्ट रहेको भन्दैं त्यस बिषयमा पार्टी भित्र कुनैं मतभेद नरहेको नेता देउवाको भनाई थियो । एमाओवादीले काग्रेसलाई संघियताबिरोधीको रुपमा प्रचार गरेर आफ्नो माहोल बनाउन खोजेपनि त्यो संभव नभएको उहाको भनाई थियो ।
 

  • Program on air
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM
  • Next Program
  • Program Name: नेपाली आधुनिक
  • Program Host:
  • Time duration: 08:10 AM-08:30 AM

Local News

Political News

International News

Sports News