Winamp windows Media Player Real Player QuickTime

अन्तत लोकमानको सपथ

२५ वैशाख
व्यापक विवाद र विरोधका वीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्की नियुक्त भएका छन् ।
राष्ट्रपति डा. रामवरण यादवले कार्कीसहित तीनवटा संवैधानिक अंगका प्रमुखहरुलाई नियुक्त गुर्नभएको हो । नियुक्त हुनेमा अख्तियार प्रमुखमा लोकमानसिंह कार्की, लोकसेवा आयोगको प्रमुखमा कोयोदेवी यमी र महालेखा परीक्षकको कार्यालय प्रमुखमा भानुप्रसाद आचार्य छन् । नियुक्तिसगै तीनैजनालाई शीतलनिवासमा सपथ ग्रहण  गराइएको छ । राष्ट्रपति कार्यालयमा सपथग्रहण भैरहदा बाहिर विद्यार्थी तथा नागरिक समाजका अगुवाहरुले कार्कीको नियुक्तिको विरोधमा चर्को नाराबाजी गरेका थिए ।  यसैबीच प्रदर्शनमा उत्रिएका नागरिक समाजका अगुवा कनकमणि दिक्षित , शम्भु थापा, चरण प्रसाईलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
राजाको प्रत्यक्ष शासनकालका मुख्यसचिव कार्कीलाई पहिले सर्वसम्मतिबाटै अख्तियार प्रमुख बनाउन चार दलले सिफारिस गरेका थिए । पछि कार्कीलाई जनआन्दालनेका दमनकर्ता भन्दै नागरिकस्तरबाट विराधे शुरु भएको र अदालतमा समेत मुद्या परेपछि कांग्रेस र एमालेले पुरानो निर्णयलाई फिर्ता लिने प्रयास गरे पनि संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले कार्कीलाई अख्तियार प्रमुखमा नियुक्त गर्नुभएको हो ।
राष्ट्रपतिले कार्कीको सिफारिसलाई फिर्ता गराउने चर्चा चलिरहेका बेला शीतलनिवासले आजै बिहान अकस्मात सपथको कार्यक्रम तय गरेको हो ।
 

  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News