Winamp windows Media Player Real Player QuickTime

बार्ताका लागी वैद्यको तीन शर्त

२७ वैशाख
सरकारसगको वार्ताका लागि नेकपा–माओवादी ३ बुदे सर्त राखेको छ । सरकारले संविधानसभाको चुनावबारे आज गरेको सर्वदलीय वार्ताका लागि बोलाएको भएपनि आफूहरुका माग वेवास्ता गरिएकाले वार्तामा सहभागि नभएको नेकपा माओवादीले स्पष्ट पारेको छ ।नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आज विज्ञप्ति निकाली चैत्र १ गतेको २५ बुदे आदेश खारेज गर्ने, आप्रवासीलाई नेपाली नागरिकता प्रदान गर्ने राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्नु पर्ने र अख्तियार प्रमुखको नियुक्ती बदर गर्ने अवस्थामा मात्र वार्ता हुन सक्ने बताउनुभएको छ । यो अवस्था बाहेकमा नर्वाचनका लागि भनेर गरिएको वार्ताको अर्थ र औचित्य नहुने वैद्यको विज्ञप्तिमा उल्लेख छ  ।आफूहरुको सर्त पुरा नहुने अवस्थमा ४ दलका शीर्र्ष नेताहरुकै राष्ट्रीय आत्मसमर्पणवादी मार्गमा लाग्न आफ्नो पार्टी कदापि तयार नहुने पनि उहाले उल्लेख गर्नुभएको छ ।वैद्यले विज्ञप्तिमा नागरिकको विरोध हुदाहुदै बाह्य शक्तिहरुको दबावमा जनआवाजलाई कुल्चेर अख्तियार प्रमुखको नियुक्ति भएकाले सरकारी वार्तालाई औचित्यहीन बनाएको समेत उल्लेख गर्नुभएको छ ।

 

Local News

Political News

International News

Sports News