Winamp windows Media Player Real Player QuickTime

चार दलिय सिण्डीकेटले लोकतन्त्र समाप्त– फोरम यादव

२७ वैशाख
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चार दलीय सिण्डिकेटले लोकतन्त्र समाप्त पार्ने खेल भइरहेको आरोप लगाउनुभएको छ ।रफत सञ्चार क्लब भक्तपुरले गरेको अन्तकिर्यामा उहाले तीन दल र मधेशी मोर्चा सम्मिलित सिण्डिकेटले लोकतन्त्रको समाप्ती र कर्मचारीतन्त्रको स्थापना हुदै गएको बताउनभयो ।सिण्डिकेटले मुलुकलाई कैद गरेको भन्दै उहाले देशमा सरकारको नेतृत्वदेखि गाउस्तरसम्म नै कर्मचारीतन्त्रले देश चलाएको टिप्पणी गर्नुभयो ।लोकतन्त्र र कर्मचारीतन्त्र एकैसाथ चल्न नसक्ने दाबी गर्दै उहाले कर्मचारीतन्त्रले लोकतन्त्रको समाप्ति गर्न लागेको चर्चा गर्नुभयो ।अहिले देशको राष्ट्रीय एकता, राष्ट्रीयता र सार्वभौमिकता संकटमा परेको कारण अहिले विदेशी शक्तिले समेत नेपालमा हस्तक्षेप गर्न थालेको बताउनुभयो ।
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News