Winamp windows Media Player Real Player QuickTime

छुटेकाले दल दर्ता गर्नुस है

असार १६
निर्वाचन आयोगले पहिलो चरणको दल दर्ता प्रक्रियामा नाम नलेखाएका दलहरुलाई लक्षित गर्दे फेरी दल दर्ता आह्वान गर्ने भएको छ । केहीदिन भित्रै फेरी समय तोकेर आह्वान गर्ने आयोगको तयारी छ । निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले दल दर्ता आह्वानबारे सरकार र मुख्य चारदलसँग परामर्श गरी फेरी आह्वान गरिने बताउनु भयो  ।  यादवका अनुसार यसअघि दर्ता भएका दलहरुको अन्तिम नामावली पनि दोश्रो चरणको दल दर्ता प्रक्रियापछि सार्वजनिक गरिनेछ । उहाँले दलहरुको हस्ताक्षर प्रमाणीकरणको काम अन्तिम चरणमा रहेको पनि जानकारी दिनुभयो । यस बारेमा आयोगले छिट्टै दलहरुसँग छलफल गर्नेछ । आयोगले तयार गरेको निर्वाचन आचारसंहितामा दलहरुको बीचमा सहमति जुट्न नसकेपछि उहाँले सहमति जुटाउनको लागि आग्रह गरिएको उल्लेख गर्नुभयो  । यसअघि दल दर्ताको लागि निर्वाचन आयोगले आह्वान गरेको भएपनि नेकपा माओवादी लगायतका दलहरुले नाम लेखाएका छैनन् ।वर्तमान सरकार गठन प्रक्रिया गलत भएको भन्दै उनीहरुले चुनाव बहिस्कार गर्ने बताएका छन् । यसअघि १ सय ३९ वटा दलले आफ्नो नाम लेखाइसकेका छन् ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News