Winamp windows Media Player Real Player QuickTime

बानको सुझाव

१८ असार
संयुक्त राष्ट्रसङघका महासचिव वान की मुनले संविधानसभाको निर्वाचन निष्पक्ष, विश्वसनीय एवम् प्रजातान्त्रिकरुपमा हुनुपर्नेमा जोड दिदै नेपालको राजनीतिक प्रक्रियामा सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेसँग गएराति जेनेभामा भएको भेटवार्तामा महासचिव वानले सन् २०२२ सम्ममा अति कमविकसित मुलुकहरुको सूचीबाट उक्लन नेपालले गरेको प्रयासको सराहना गर्दै सहश्रब्दी विकास लक्ष्य प्राप्तिमा नेपालले हासिल गरेको प्रगतिको प्रशंसा गर्नुभयो  । दिगो राजनीतिक स्थायित्वले दिगो विकासको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने उल्लेख गर्दै उहाँले विश्व शान्ति स्थापनामा नेपाली शान्ति सेनाले पर्याएको योगदानको स्मरण गर्नुभयो ।  नेपाली शान्ति सेनाको बलिदान त्यसै खेर जाँदैन उहाँले भन्नुभयो त्यस अवसरमा मन्त्री घिमिरेले संयुक्त राष्ट्रसङघको बडापत्रप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याउँदै अन्तरिम मन्त्रिपरिषद् गठन तथा संविधानसभा निर्वाचनको मिति घोषणप्रति राष्ट्रसङघले गरेको स्वागतको नेपाल सरकारको तर्फबाट आभार व्यक्त गर्नुभयो  । नेपालको वर्तमान राजनीतिक अवस्था, शान्ति प्रक्रियामा भएको प्रगति तथा मङसिर ४ गते संविधानसभाको निर्वाचन गर्न सरकारले थालेको तयारीबारे जानकारी दिदै मन्त्री घिमिरेले निर्वाचनका निम्ति राष्ट्रसङघ तथा महासचिवबाट सहयोग एवम् ऐक्यबद्धताको अपेक्षा नेपालले गरेको बताउनु भयो । सबै राजनीतिक दलहरुलाई निर्वाचनमा सहभागी गराउने सरकारको प्रतिबद्धता दोहोर्यउदै मन्त्री घिमिरेले स्वतन्त्र, निष्पक्ष निर्वाचनका निम्ति सरकार लागिपरेको जानकारी दिनुभयो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News