Winamp windows Media Player Real Player QuickTime

मन्त्रीपरिषदका अध्यक्षको आग्रह

१८ असार
मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावी वातावरण बनाउन दलहरुसित आग्रह गर्नुभएको छ । पूर्व सांसद मञ्चको टोलीसँग आज विहान भएको छलफलमा रेग्मीले चुनावको लागि सरकारको तर्फबाट तयारी पूरा भएकोले अब आवश्यक वातावरण बनाउने जिम्मा दलहरुको भएको बताउनुभएको हो । चुनावको मिति घोषणा भइसकेकाले अब उम्मेद्वारी दिने र मत हाल्ने वातावरण बनाउन दलहरुको प्रतिबद्धता आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।  रेग्मी निवास बालुवाटारमा भएको छलफलमा पूर्व सांसद मञ्चले चुनावको मिति घोषणा भएकोप्रति स्वागत व्यक्त गर्दै असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउन आग्रह गरेको थियो।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News