Winamp windows Media Player Real Player QuickTime

तोकिएकै समयमा निर्वाचन हुन्छ प्रचण्ड

१८ असार
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने बताउनु भएको छ । नेपालका लागि जापानी राजदूत कुनियो ताकाहासीसँग आज बिहान आफ्नै निवास लाजिम्पाटमा भएको भेटमा प्रचण्डले असन्तुष्ट दलहरुलाई पनि निर्वाचनमा सामेल गराउन सरकार र उच्चस्तरीय राजनीतिक समिति लागिपरेको र मंसिर ४ मै निर्वाचन हुने बताएको उहाँको सहयोगी शिव खकुरेलले जानकारी दिनुभयो ।उहाँका अनुसार राजदूत ताकाहासीले निर्वाचनको तयारीबारे प्रचण्डसमक्ष जिज्ञासा राख्नु भएको थियो ।  राजदूत ताकाहासीले नेपालमा स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सझुाव दिनु भएको थियो ।  साथै उहाँले निर्वाचनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो । यसैबीच
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र विवाद नभएको दावी गर्नुभएको छ । सातौं महाधिवेशनपछि माओवादी कार्यनीति र रणनीतिमा एक ढिक्का भएको उहाँको भनाइ छ ।माओवादी प्रवेश गरेका धनुषाका विभिन्न दलका नेता कार्यकर्तालाई स्वागत गर्दै प्रचण्डले पार्टीमा अहिले संगठनात्मक सेटिङ मिलाउने काम भइरहेको भन्दै ४ गतेदेखि शुरु हुने विस्तारीत बैठकले सेटिङ मिलाउने काम गर्ने बताउनुभयो ।पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा प्रचण्डले मधेशमा माओवादी प्रवेशको लहर बढेकाले माओवादीको दायित्व बढेको बताउनुभयो । पार्टी प्रवेश गर्नेहरुलाई क्षमता अनुसारको जिम्मेवारी दिने प्रचण्डको भनाइ छ ।

 

Local News

Political News

International News

Sports News