Winamp windows Media Player Real Player QuickTime

अझै वार्ता र सहमतीको सम्भावना छ –उच्चस्तरीय राजनितिक समिति

१२ भदौ
उच्चस्तरीय राजनीतिक समितिले नेकपा–माओवादी नेतृत्वको मोर्चासंग अझै वार्ता र सहमतिको सम्भावना रहेको निष्कर्ष निकालेको छ ।बुधबार बिहान समितिका संयोजक एवं कांगेस सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको समितिको बैठकले मोर्चासँग वार्ताको ढोका खुला राख्ने निणर्र््ँाय गरेको हो ।बैठकपछि एमाले नेता रघुजी पन्तले नेकपा माआवादी नेतृत्वको मोर्चासँग अनौपचारिक कुराकानी भैरहेको र वार्ताको ढोका अझै बन्द नभएको बताउनुभयो । बैठकले सहमति भएपनि या नभएपनि मंसिर ४ को चुनाव नरोकिने स्पष्ट पारेको छ ।त्यस्तै बैठकमा असन्तुष्ट दललाई चुनावमा सहभागी गराउनको लागि अपनाउन सकिने लचकताका विषयमा समेत छलफल भएको थियो । असन्तुष्ट दलमध्ये नेकपा–माओवादी नेतृत्वको मोर्चासँग यसअघि भएको वार्ता सहमतिमा नपुगी टुंगिएको थियो ।यस्तै संघीय समाजवादी पार्टीसंग गोलमेच सम्मेलन र उच्चस्तरीय राजनीतिक समितिको खारेजी लगायतका विषयमा कुरा मिल्न सकेको छैन ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News