Winamp windows Media Player Real Player QuickTime

अव पनि नेतृत्व हाम्रै प्रचण्ड

१२ भदौ
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकको चाहना अनुसार आफ्नो पार्टी आगामी संविधानसभामा नेतृत्वदायी भूमिकामा रहने बताउनुभएको छ । आज बिहान पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले तराई मधेस, पहाड र हिमाली क्षेत्रमा हजारौं जनलहर एकीकृत माओवादीमा प्रवेश गरेकाले आफ्नो पार्टी नेतृत्वदायी भूमिकामा रहने बताउनुभयो ।कार्यक्रममा नेपाल देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष हरिबहादुर बिसी सहित पार्टीका सबै पदाधिकारी तथा केन्द्रीय नेताहरु माओवादीमा प्रवेश गरेका छन् ।त्यस्तै नेपाली कांग्रेसका नेता लालबाबु यादव सहित विभिन्न पार्टीबाट माओवादी प्रवेश गर्नेलाई प्रचण्डले स्वागत गर्नुभयो । पार्टी प्रवेश गरेकाहरुलाई क्षमता र योग्यता अनुसार जिम्मेवारी दिने प्रचण्डले बताउनुभयो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News