Winamp windows Media Player Real Player QuickTime

मन्त्रीपरिषद अध्यक्षको भेटघाट तीव्र

६ असोज
अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ । आइतवार विहान वालुवाटारस्थित रेग्मीको सरकारी निवासमा भएको भेटवार्तामा उहाँहरुवीच संविधानसभाको निर्वाचनको तयारी, निर्वाचनमा सेना परिचालन लगायतका विषयमा छलफल भएको प्रचण्डका सहयोगी शिब खकुरेलले जानकारी दिनुभयो ।झण्डै एक घण्टा भएको भेटमा उहाँहरुवीच असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याउने विषयमा समेत छलफल भएको थियो । यसअघि हिजो मन्त्रिपरिषद अध्यक्ष रेग्मीले एमाले अध्यक्ष झलनाथ खनालसंग संविधानसभाको निर्वाचन लगायतका विषयमा छलफल गर्नु भएको थियो ।
 

Local News

Political News

International News

Sports News